एउटै सडक ६ र विमानस्थल ३ पटक शिलान्यास, तर अधुरै
ekantipur.com · Sun Jan 21 00:50:36 GMT 2024
बुटवल, बागलुङ — सरकारले राष्ट्रिय प्राथमिकता र गौरवको आयोजनाका रूपमा घोषणा गरेको कालीगण्डकी करिडोरको गुल्मी–बागलुङ खण्ड ६ पटक शिलान्यास र उद्घाटन गर्दा पनि निर्माण पूरा भएको छैन । केही खण्डमा सवारी चल्न थाले पनि सडक जीर्ण छ ।
सरकारले २२ अर्ब लागत अनुमानसहित ०५९ मा भारत र चीन जोड्ने गरी सुनौलीदेखि मुस्ताङको कोरला नाकासम्म ४ सय ४७ किलोमिटर लामो उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग (कालीगण्डकी करिडोर) निर्माण अघि बढाएको थियो । २० वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको करिडोरको २१ वर्षमा झन्डै ५५ प्रतिशत काम सकिएको छ । अहिले सडकका विभिन्न खण्डमा सडक विस्तार, स्तरोन्नति र कालोपत्रेका काम भइरहेका छन् । तर, सडक निर्माण पूरा नहुँदै सडकका विभिन्न खण्ड पटक–पटक उद्घाटन र शिलान्यास हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)