नेपाली हस्तकला प्रवर्धन गर्दैआएको बेस्ट हिमालयलाई आइएसओ प्रमाणपत्र
annapurnapost.com · Thu Dec 17 22:34:00 UTC 2020
काठमाडौं : नेपाली हस्तकलाको प्रचार र प्रवद्र्धनका क्षेत्रमा लामो समयदेखि कार्यरत बेस्ट हिमालय एक्सपोर्ट प्रालिलाई आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
९ वर्षदेखि नेपाली हस्तकलालाई विदेशी बजारमा निर्यात गर्दै आएको उक्त कम्पनीलाई बुधबार एक कार्यक्रमकाबीच आइएसओ प्रमाणपत्र प्रदान गरिएको हो । आइएसओ एक स्वतन्त्र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो जसले उत्पादन, सेवा एवं पद्धतिमा गुणस्तरीयताका स्तरहरु निर्धारण गर्ने गर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका कम्पनी वा संस्थाहरुलाई आइएसओ प्रमाणिकरण गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)