दक्षिण कोरियामा देशभर कोरोना संक्रमण फैलिन सक्ने चेतावनी
ratopati.com
एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणका २९७ नयाँ बिरामी फेला परेका छन् । मार्चपछि दक्षिण कोरियामा एकैदिन यति धेरै संक्रमितहरु देखिएको पहिलोपटक हो । पछिल्ला दिन संक्रमितहरुको संख्या ह्वात्तै बढ्न सुरु गरेपछि त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन् । मन्त्री लिपले जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन् । नयाँ संक्रमितहरु १६६ वटा चर्चले संयुक्त रुपमा आयोजना गरेको प्राथनासभामा सहभागी व्यक्तिहरु भएको र उनीहरुको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमतिहरु छरिएको आंकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)