प्रदेश प्रहरीको नेतृत्व डिआइजीले नै गर्ने
dekhapadhi.com · Wed Jul 29 16:52:00 UTC 2020
काठमाडौं । गृह मन्त्रालयले पेश गरेको प्रहरी समायोजन सम्बन्धी प्रस्ताव स्वीकृत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै, गृहमन्त्री रामबहादुर थापा बादलसहित सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरू सहभागी बुधबार साँझको बैठकले प्रस्ताव स्वीकृत गरेको हो।
समायोजन प्रस्तावअनुसार तत्कालका लागि प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले नै प्रदेश प्रहरीको नेतृत्व गर्ने भएका छन्। यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई प्रदेश प्रहरीको नेतृत्व दिनुपर्ने आवाज पनि उठेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)