विद्यार्थी नेता हरिहर शर्माले दिए स्वास्थ्य सामाग्री
hamrakura.com · Tue Jun 16 17:38:00 UTC 2020
बागलुङ। नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन्। बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही स्वास्थ्य संस्था र क्वारेन्टाईन व्यवस्थापनका निम्ती आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
शर्माले आफ्नै गाउँमा रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रको साथमा गाउँमा रहेका नौ वटा क्वारेन्टाईन व्यवस्थापनका निम्ती आवश्यक पीपीई सहित स्वास्थ्य सामाग्री हस्तान्तण गरेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)