मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलनको दोस्रो दिन हस्ताक्षर संकलन अभियान

rajdhanidaily.com · Fri May 02 23:50:25 GMT 2025

राजविराज । राजविराज नगरक्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागँ सहित विभिन्न ८ बुंदे मागँ अघि सार्दै आन्दोलनरत नगरवासीले दोश्रो दिन शुक्रवार नगरको मुख्यचौकमा आफ्नो मागको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

राजविराज नगरवासीको तर्फबाट गठित संर्घष समितिद्वारा घोषित कार्यक्रम अनुसार यसरी हस्ताक्षर अभियान थालिएको हो । दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन विहीवार नगरका चौक, पसल र घर–घरमा कालो झण्डा झुण्ड्याएका संघर्ष समितीले दोश्रो दिन शुक्रवार हस्ताक्षरण संकलन अभियान थालेर आन्दोलनलाई निरन्तरता दिएका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)