आईपीएल : मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईलाई हरायो
ekantipur.com · Mon Apr 18 00:40:44 GMT 2022
काठमाडौँ — दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए ।
जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याइरहेको गुजरात एक समय चार विकेट गुमाएर ८४ रनको स्थितिमा थियो । यस्तोमा मिलरले छैटौं विकेटका लागि ४० रन बनाएका अफगानिस्तानका रसिद खानसँग ७० रनको साझेदारी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)