यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै
baahrakhari.com · Fri Oct 23 17:15:00 UTC 2020
काठमाडौं । विगत वर्षमा चाडपर्व मनाउन घर जानेको भिडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ६ महिनासम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।
विगत वर्षमा दसैंको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाडालगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौंसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)