कोरोना संक्रमित उच्च भएको यी ५ देश
lokpath.com · Mon Jul 06 17:59:03 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ६ सय १५ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ७ सय ८४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ५ हजार ७ सय २४ पुगेको छ । हालसम्म १२ लाख ९५ हजार ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय १५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६५ हजार १ सय २० जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ८ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण देखिएको र २ सय २० जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १६ लाख १३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख ७८ हजार ६ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)