लुभूमा एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि
onlinekhabar.com · Sun Jul 12 17:13:39 UTC 2020
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका परिवारका सात जनामा र भाडामा बस्ने दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)