बाइडेनको जितप्रति रुस किन मौन ?
ratopati.com
file photo
एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमार्फत ४६ औं राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई विश्वभरबाट वधाई तथा शुभकामना दिनेहरुको भीड बढिरहेका बेला रुसले भने यो समाचार तयार पार्दासम्म शुभकामना दिएको छैन । विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई शुभकामना दिएपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया नजनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । राष्ट्रपति पुटिनले वाइडेनलाई वधाई दिन न कुनै ट्वीट गरेका छन्, न टेलिफोन गरेका छन्, न त कुनै वधाई सन्देशसहितको चिठी पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)