सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता
abhiyandaily.com
काठमाडौं (अस) । सनराइज बैंक र फोकसवान सोलुसन्स कम्पनीको मोको डिजिटल वालेटबीच सम्झौता गरिएको छ । भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवाका लागि दुई संस्थाबीच सम्झौता गरिएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी विभिन्न बिल भुक्तानी गर्न सक्नेछन् । मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाको भुक्तानी १ हजार ५०० भन्दा बढी मर्चेन्टहरूमा क्यूआर कोडमार्फत गर्न सकिने बैंकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)