चितवनमा गैंडा मार्ने सार्पसुटर १५ वर्षपछि समातिए
onlinekhabar.com · Thu Dec 03 16:35:35 UTC 2020
१८ मंसिर, चितवन । विश्वकै दुर्लभ एकसिङ्गे गैंडा मार्ने फरार अभियुक्तलाई निकुञ्ज प्रशासनले १५ बर्षपछि बिहीबार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनबाट २०६२ साल असारमा गैंडा मारेको अभियाेगमा १५ बर्ष कैद सजाय सुनाइएका साविक गुञ्जनगर गाविस ३ का ३६ वर्षीय सूर्य महताे भनिने सुरज चाैधरीलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लाेकेन्द्र अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)