कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान सराहनीय छः मुख्यमन्त्री राउत
ratopati.com
धनुषा । प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताएका छन् । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय भएको बताए ।
उनले प्रादेशिकसहित सबै जिल्लाका प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि सबै प्रकारको सहयोग गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)