मानव अधिकार सुनिश्चित गर्न नेपाल सरकार दृढ छ : परराष्ट्रमन्त्री ज्ञवाली
pahilopost.com · Thu Jan 21 17:54:06 UTC 2021
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको संविधानले मानव अधिकार अन्तर्गतका नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारको सुनिश्चित गरेको बताएका छन्। मानव अधिकार परिषद् यूपीआर वर्किङ ग्रपको ३७औँ युनिभर्सल पेरियोडिक रिभ्यूमा नेपालको मानव अधिकार प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।
समानता, सामाजिक न्याय, भेदभावरहित मूल्य र मान्यताको जगमा नेपालको संविधान बनेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले मानव अधिकार प्रतिबद्धता तथा संघीयताको कार्यान्वयनमा विस्तृत, पारदर्शी, र कानुनी प्रक्रियाको अवलम्वन गरिएको बताए। उनले २०१७ मा भएको स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा समावेशी तीनै तहको निर्वाचनले सार्वजनिक निकायमा महिलाको ४१ प्रतिशत सहभागिता पुगेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)