प्रधानसेनापतिद्वारा २ जनालाई दर्ज्यानी चिह्न प्रदान
ratopati.com
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनीहरु दुवैलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
मन्त्रिपरिषद्को यही असार १५ गतेको बैठकले सहायकरथी शाहीलाई उपरथीमा तथा महासेनानी पुनलाई सहायकरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी शाहीलाई युद्धकार्य महानिर्देशक र सहायक रथी पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)