वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा ‘डेभिड’ पक्राउ
livemandu.com · Wed Sep 30 17:10:49 UTC 2020
काठमाण्डौ । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ स्थित सडकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक पटक गरी जम्मा गरेपछि अपहरित व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)