बेलायतमा एकै दिनमा ५३३ को मृत्यु, १६ हजार बढी संक्रमित
ratopati.com
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५३३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जनाएको छ । हिजो २४ घन्टामा ६१६ जनाको मृत्यु भएकोमा आज उक्त संख्यामा केहि कमी आएको हो । बुधबार साँझसम्मको तथ्याँकअनुसार अहिलेसम्म कोरोनाका मृत्यु हुनेको कूल संख्या ६२ हजार ५५६ पुगेको छ ।
यसैगरी कोरना संक्रमितको संख्यामा पनि अघिल्लो दिनको तुलनामा झन्डै चार हजारको सङ्ख्यामा वृद्धि भएको छ ।पछिल्लो २४ घन्टामा थप १६ हजार ५७८ जना नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन संक्रमितको संख्या १२ हजार २८२ रहेको थियो । यससँगै बेलायतमा कूल संक्रमितको संख्या १७ लाख ६६ हजार ८१९ पुगेको स्वास्थ्य विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)