मुटु स्वस्थ राख्न कति समय सुत्ने ?
farakdhar.com · Wed Aug 05 17:38:19 UTC 2020
एजेन्सी– पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।
६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ । पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)