रुपन्देहीमा आजका संक्रमित दश जना एक हप्ताअघि भारतबाट आएका, नवलपरासीका वैशाख २८ मा खेतबाट नेपाल पसेका
pahilopost.com · Wed May 13 17:12:07 UTC 2020
काठमाडौँ : बुधबार रुपन्देहीमा कोरोना पुष्टि भएका १२ जनामध्ये १० जना जिल्लाको गैँडहवा गाउँपालिका २ का स्थानीय रहेको खुलेको छ। जसमा एकै परिवारका ८ जना छन्। गाउँपालिका अध्यक्ष बछु केवट (बच्चुलाल) का अनुसार संक्रमित सबै भारतको मुम्बईबाट सात दिनअघिमात्र नेपाल प्रवेश गरेका थिए। सबैलाई गाउँपालिका २ स्थित जोगडा माविमा क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा रहेका ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएकामध्ये १० जनाको पोजेटिभ आएको अध्यक्ष केवटले जानकारी दिए। बाँकी ३० जनाको नतिजा नेगेटिभ आएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)