बारा २ बाट जसपा अध्यक्ष यादव निर्वाचित
shilapatra.com · Wed Apr 26 00:25:00 GMT 2023
बारा २ मा भएको उपचुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा यादव २८ हजार ४१५ मत ल्याएर विजयी भए ।
उनका निकट्तम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत ल्याए । त्यसैगरी, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १०२१६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)