मुख्य सामग्रीमा जानुहोस्

समाचार

Article

अनि पूरा भयो पूर्णमानको कला संग्रहालय सपना

ekantipur.com · Wed Jan 17 00:46:16 GMT 2024

काठमाडौँ — भर्‍याङ ओर्लेर छिर्नेबित्तिकै आँखैमा ठोक्किए शाक्यमुनि बुद्ध, चैत्य र धर्म धातु मण्डल । प्रकाशको लोभलाग्दो संयोजन गरिएको संग्रहालयभित्र कालो र खैरो रङका बुट्टेदार कलाकृतिले थप चमक छरिरहेका थिए । ललितपुरको पुल्चोकस्थित पूर्ण म्युजियम अफ नेवा आर्टभित्र प्रवेश गर्दा पाटनको हिरण्य महाविहारकै शैलीमा बहाः (नेपाली भाषामा विहार) झल्को आउँछ ।

‘मेरो श्रीमान् पाटनकै हुनुभयो, उहाँकै कन्सेप्ट हो यो,’ संग्रहालय चिनाउँदै अञ्जना शाक्यले भनिन्, ‘यसले कलाकृतिको सहर पाटनलाई झल्काउँछ ।’ बहाः को ठीक दुवैतिर कलश, फूललगायतको बुट्टा कुँदिएको थाममा आँखीझ्याल सजाइएको छ । नेवारी काष्ठकला झल्काउने थाम र आँखीझ्याल ३० वर्षअघिका संग्रह हुन् । यी दुवैतिरका थामले मूर्तिकला, पौभाचित्र नियाल्दै निस्कन मिल्ने सहायक ढोकाको काम गरेका छन् । थाम र आँखीझ्यालले सजावट मात्रै होइन, नेवारी सभ्यतामा शुभमंगलको अर्थ राख्छन् । ढलानका पिलर, आल्मुनियमका झ्याल राख्ने आधुनिकताको विकास नहुँदासम्म काठमाडौं उपत्यकाका नेवारी बस्तीमा घर बनाउँदा काठका थाम र आँखीझ्याल हाल्ने चलन थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)