गैर आवासीय नेपाली र नेपालसँगको सम्बन्ध
hamrakura.com · Sun Oct 11 18:02:00 UTC 2020
प्रियरंजन दाहल
महात्मा गान्धीले सार्वजनिक रुपमा आफु हिन्दूस्तानमा जन्मेको तर साउथ अफ्रिकामा बनेको भनेका छन्। गान्धी १८ बर्षको कलिलो उमेरमा लण्डन पुगे । अध्ययन सकिएपछी २१ बर्ष साउथ अफ्रिकामा बिताए । त्यो बेला मान्छेको औसत उमेर ४५ देखी ५० थियो । उनी ४५ को उमेरमा भारत फर्किए । तत्कालिन समयको औसत उमेरलाई आधार मान्ने हो भन्ने उनी जीवनको उत्तरार्धमा हिन्दूस्तान फर्किएका हुन् । आज गान्धीलाई एउटा दर्शनको रुपमा लिने गरिन्छ । गान्धीको दर्शनबाट केवल भारत मात्रै हैन सम्पूर्ण विश्व प्रभावित छ । २१ बर्ष साउथ अफ्रिका बसेका गान्धीसँग त्यहाका तीता मीठा सम्झनाहरु हुने नै भए । तर पनि उनले साउथ अफ्रिकालाई आफ्नो कर्मभुमी र आफुलाई गान्धीका रुपमा चिनाएको ठाउँका रुपमा लिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)