पार्क हरियाली बनाउने अभियान
baahrakhari.com · Wed Aug 05 17:15:00 UTC 2020
काभ्रे । धुलिखेल नगरपालिकाले निर्माण गरेको पार्कमा बिरुवा रोपेर हरियाली बनाउने अभियानसाथ पार्कमा बिरुवा रोप्ने कामलाई तीव्रता दिइएको छ । नगरपालिकाले रोटरी क्लब अफ धुलिखेलसँग समन्वय गरी हरेक पार्कमा विभिन्न जातका रुखका बिरुवा तथा फलफूलका बिरुवा रोप्ने कामलाई निरन्तरता दिइएको हो ।
सोही अभियान अनुसार बुधबार नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको समन्वयमा वडा नं– ९ मा रहेको देवीस्थान डाँडामा रहेको शान्ति पार्क र शहीद बलभद्र कुँवर पार्कमा दुई सय वटा विभिन्न जातका बिरुवा रोपेको क्लबका अध्यक्ष सुशील ब्याञ्जु श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)