नेकपा नेपाल–प्रचण्ड समूहमा पदाधिकारी छान्न सकस
hamrakura.com · Sun Jan 17 17:02:00 UTC 2021
काठमाडौं । नेकपा नेपाल–प्रचण्ड समूहमा पदाधिकारी छान्न सकस परेको छ । अध्यक्ष माधव नेपाल संयोजकत्वमा बनेको एकता कार्यदलले पूर्व एमाले र पूर्व माओवादीलाई पार्टी एकताकै अवस्थामा रहेको पोर्टफोलियो दिनेगरी बनाइएको मापदण्डले पदाधिकारी छान्न सकस परेको हो । पूर्व एमालेबाट पार्टी उपाध्यक्ष, महासचिवसहित बहुमत सचिवालय सदस्य रहेका कारण पूर्व माओवादीलाई पनि पदाधिकारी दिनुपर्ने आवाज उठेपछि मापदण्ड अनुसारको पदाधिकारी छनौटमा सकस परेको हो । अध्यक्ष प्रचण्ड आफू नेपाल कार्यदलप्रति सहमत हुन नसकेको बताइएको छ ।
कार्यदललमा पूर्व माओवादीबाट ६ जना पूर्व एमालेबाट ६ जना गरी १२ जनाको समिति बनाइएको थियो ।सो समूहको स्थायी समिति बैठक आज पनि पेरिसडाडामा बस्दैछ । ओलीगमनको विरुद्ध सुरु गरेको सडक संर्घषको दोस्रो चरणका कार्यक्रम सशक्त बनाउने र आगामी माघ ९ गते र १६ गते काठमाडौंमा हुने विरोध सभामा एक लाख मानिसको उपस्थिति गराउने विषयमा स्थायी समिति बैठक केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)