तत्काल स्थायी कमिटी बोलाउनुपर्ने नेपाल निवास भेलाको निष्कर्ष
nepallive.com · Sun Apr 26 17:27:00 UTC 2020
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा बसेको नेकपा शीर्ष नेताहरुको बैठकले तत्काल स्थायी समितिको बैठक बोलाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। शनिबार साँझ नेपाल निवास भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। उनले आइतबारै दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका थिए।
दुई घण्टा बढी चलेको छलफलमा स्थायी कमिटीका नेताहरुले प्रधानमन्त्री ओली पार्टी बैठक टार्ने खेलतिर लागेको निष्कर्षमा पुगेको बताइएको छ। छलफलमा सहभागी एक नेताका अनुसार तत्काल सचिवालय बैठक बसेर स्थायी कमिटी बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)