काेराेनाभाइरस: अहिलेसम्म ३२ प्रहरी संक्रमित
farakdhar.com · Sat Jun 06 17:16:09 UTC 2020
कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् ।
शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)