जग्गा बाँझो राखे कारबाही
baahrakhari.com · Sat Apr 25 18:10:00 UTC 2020
भक्तपुर । सूर्यविनायक नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने भएका छन् । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । त्यस्तै सूर्यविनायक नगरपालिकाले पनि आफ्ना नागरिकका लागि निःशुल्क बीउ वितरण गर्ने भएको छ ।
गत वर्ष पनि तरकारी र धानको बीउ निःशुल्क वितरण गरेको नगरपालिकाले यस वर्ष पनि निःशुल्क बीउ वितरण गर्ने भएको हो । लकडाउनले किसानले बीउ खरिद गर्नसमेत नपाएको अवस्थामा नगरपालिकाले बीउ निःशुल्क वितरण गर्ने तयारी गरेको नगरप्रमुख थापाले जानकारी दिए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)