सेनाको बख्तरबन्द : मध्यरातमा चक्रपथको एक फन्को !
baahrakhari.com · Mon Feb 01 17:35:00 UTC 2021
काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका छन् । सीतापाइलाको युद्धकवच गणका ड्राइभरले ती बख्तरबन्द गाडी राति १० बजे चक्रपथको एक फन्को लगाएका हुन् ।
सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । बख्तरबन्द अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)