हवाई यात्रामा चाप बढ्यो
annapurnapost.com · Tue Jul 06 06:17:00 GMT 2021
चितवन : नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो।
भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ। यात्रुहरू टिकटका लागि विमान कम्पनीको कार्यालयमा ताकेता गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)