ह्यारी र मेगनले बेलायतका ४ वटा ठुला अखबारलाई कालोसूचीमा राखे
ratopati.com
एजेन्सी । केही महिनाअघि दरबार त्यागेर स्वतन्त्र जीवन बिताइरहेका बेलायतका तत्कालीन राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले त्यहाँका चारवटा ठुला अखबारलाई कालोसूचीमा राखेको घोषणा गरेका छन् । गलत र आपत्तिजनक समाचार प्रकाशित गरेको आरोप लगाउँदै उनीहरुले बेलायतका ठुला अखबारहरु द सन, डेली मेल, मिरर र एक्सप्रेसलाई कालो सूचीमा राखेका हुन् । उनीहरुले ती अखबारहरुलाई पत्र समेत लेखेका छन् । यो जोडी केही महिना अघिमात्र ब्रिटिश शाही परिवारबाट छुट्टिएको थियो ।
फाइनेन्सियल टाइम्सका रिपोर्टर मार्क डि स्टेफानोले ट्विटरमा उनीहरुको पत्र पोष्ट गरेका छन् । उनले ट्वीटरमा ह्यारी दम्पतिले मिडिया सेन्सरसिप लगाउनुभन्दा पनि व्यक्तिगत स्वतन्त्रतासँग जोडिएर यो कदम चालेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरुको यो कदम आलोचनाबाट बच्न होइन र मिडियामाथि सेन्सरसिप लगाउन पनि होइन ।’ ह्यारी दम्पतिलाई मिडियामा आएको गलत सूचनाका कारण निकै चोट पुगेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)