झापाको दमकमा चिनको सहयोगमा २ हजार २ सय बिघामा ‘औद्योगिक ग्रीन पार्क’को निर्माण हुने, ४० वर्ष सम्म आफैले प्रयोजन गर्ने
livemandu.com · Tue Nov 17 11:37:55 UTC 2020
काठमाण्डौ । चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत दमकमा ग्रीन पार्क निर्माण गरिँदैछ। झापा निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको वार्ड नं १०, कमल गाउँपालिकाको वार्ड नं ७ र गौरादह नगरपालिकाको वार्ड नं ५ को लगभग २ हजार २ सय बिघामा (चौडाइ १ किमी र लम्बाई ९ किमीको क्षेत्रफलमा) उक्त औद्योगिक ग्रीन पार्कको निर्माण कार्य अगाडि बढाइने भएको छ। करिव ३ खर्ब ३३ अर्बमा उक्त क्लिन पार्क निर्माण गर्न लागिएको छ।
स्रोले दिएको जानकारीअनुसार पार्क निर्माण गर्न करिव १० वर्ष लाग्नेछ। निर्माण सकिएछि उक्त ग्रीन पार्कलाई चीन सरकारले ४० वर्ष सम्म आफैले प्रयोजन गरी त्यस पछि मात्र नेपाललाई हस्तान्तरण गर्ने भनी सम्झौतामा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)