पर्वतमा सडक, पुल र शहरी विकासका लागि १६ करोड बजेट
abhiyandaily.com
जेठ २२, पर्वत । पर्वतमा सडक, पुल र शहरी विकासका योजनामा १६ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुनेगरी जिल्लाका १५ ओटा सडक, १० ओटा पुल र कुस्मामा सिटी हल सहितको बसपार्क निर्माणका लागि १६ करोड १६ लाख लाख ५० हजार बजेट विनियोजन गरेको हो ।
राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको घुमाउने दह–माझफाँट–कुश्मा–मिर्मि–चापाकोट–देवघाट–त्रिवेणी सडकमा ४० लाख बजेट विनियोजन भएको छ । कुस्माको साइकलचोक देखि गहते पोखरा हुँदै ठूलीपोखरी, खौला, आर्थर सडक, पर्वत–चिसापानी–हुवास–बराचौर–खडगकोट–बरेङ–वाग्लुङ, सहस्रधारा–टार–ततरकोट हुँदै बनौं जाने, कुश्मा–दुर्लुङ सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको छ । अन्तर जिल्लाको रुपमा रहेको गुल्मी–शान्तिपुर–पूर्तिघाट–रानीपानी–कुस्मा–दुर्लुङ–बाजुङ–लेकफाँट–घोडेपानी सडक, ठाडाकुना–लाम्पाटा–वि.क. टोल हुँदै झोलुंगे पुल सडक, बारीबेनी–बगरफाँट–बाँसखर्क, कुश्मा–छमर्के–कोटगाउँ हलहले –काफलडाँडा सडक, वारीबेनी–कोटघर–सम्मेर–बासखर्क सडक, हिमालय मा.वि.बाट कालीमाटी हुँदै घैरेनी मा.वि. जोड्ने सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)