मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

deshsanchar.com · Mon Jun 14 16:01:34 GMT 2021

मोरङ– धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाले छापा मारेको छ। आइतबार दिउँसो अख्तियारको टोलीले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी काठमाडौँ गएको अवस्थामा प्रतिष्ठानमा छापा मारेको हो।

अख्तियारका प्रतिनिधि टोलीले प्रतिष्ठानमा खरिद गरिएका स्वास्थ्य सामाग्रीको खरिद तथा मुल्यांकन कागजपत्र नियन्त्रणमा लिएको छ। पछिल्लो समय प्रतिष्ठानमा कमसल स्वास्थ्य सामाग्री खरिददेखि अन्य विभिन्न बेथितिका घटनाक्रमले अख्तियार प्रतिष्ठानमा प्रवेश गरेको एक कर्मचारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)