मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किभ छाड्दै नेपाली पनि

ekantipur.com · Sat Feb 26 01:05:55 GMT 2022

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण बढाएपछि गोरखाका सञ्जित भट्ट शुक्रबार बिहान ६ बजे आफू बसिरहेको होस्टल छाडेर बाहिर निस्किए । उनी युक्रेनको राजधानी किभस्थित एक होस्टलमा एक महिनादेखि बस्दै आएका थिए । ‘किभमा बस्नु निकै खतरा भयो,’ उनले भने, ‘हामी पोल्यान्डको लभिभ बोर्डरतिर गइरहेका छौं ।’

उनीसँगै दाङका अनिल भण्डारी, विक्रम खड्का र कृष चौधरी पनि छन् । ‘बिहानदेखि हामी जंगलको बाटो हुँदै लगातार हिँडिरहेका छौं, बोर्डरमा पुग्न अझै चार–पाँच दिन लाग्छ,’ उनले फोनमा भने, ‘यहाँ कसैले कसैलाई सहयोग गर्दैन । सार्वजनिक बस चलेको छैन । अरूले रोक्दैन । बाटोमा हामी मात्रै छैनौं । भारतीय, पाकिस्तानी र युक्रेनी पनि छन् । हिँड्नुबाहेक हामीसँग विकल्प छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)