प्रहरीले चलाएकाे माेटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
farakdhar.com · Fri May 08 18:05:31 UTC 2020
प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट माेरङमा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रहरी जवान खगेन्द्र कार्कीले चलाएको को.२५प ३८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको बेलबारी नगरपालिका– ८ की ४९ वर्षीया शान्ति राजवंशीको मृत्यु भएको हो ।
साइकलमा यात्रा गरिरहेकी राजवंशीलाई कानेपोखरी गाउँपालिका– ७ मा पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि मंगलबारे अस्पताल लैजाँदै गर्दा महिलाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)