कश्मीरमा सशस्त्र समूहको आक्रमणबाट १२ घाइते
annapurnapost.com · Wed Nov 18 22:18:00 UTC 2020
कश्मीर : जम्मू–कश्मीरको पुलवामा जिल्लास्थित सुरक्षा फौजको टोलीमाथि सशस्त्र लडाकुले आक्रमण गर्दा कम्तिमा १२ सर्वसाधारण नागरिक घाइते भएका छन् ।
पुलवामा प्रहरीले गस्ती गरिरहेको सुरक्षा फौजको टोलीलाई लक्षित गर्दै लडाकुहरुले ग्रिनेड आक्रमण गर्दा गलत निशानामा लागी सर्वसाधारण नागरिक घाइते भएका थिए । भारतीय समाचार संस्था पीटीआईका अनुसार मंगलबार दिउँसो पुलवामा जिल्लाको काकापोरा क्षेत्रमा यस्तो घटना भएको थियो । विस्फोटको क्रममा १२ स्थानीय मानिस घाइते भएको पीटीआईले प्रहरीको हवाला दिँदै उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)