बागमतीमा कोरोना संक्रमितको संख्या १,९९७ पुग्यो, उपत्यकामा मात्रै १,३१२ जना
nepalsamaya.com · Tue Aug 11 17:44:28 UTC 2020
काठमाडौं– बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९९७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ३१२ जनामा संक्रमण भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा ११०, ललितपुरमा १६, मकवानपुरमा १४, धादिङमा ११, भक्तपुरमा सात, काभ्रेमा पाँच, चितवन तथा नुवाकोटमा तीन/तीन, सिन्धुपाल्चोकमा दुई र दोलखा तथा रामेछापमा एक/एक जना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)