सडकका निर्माणका काम अघि बढाउन विभागको निर्देशन
nepallive.com · Fri Apr 17 17:50:00 UTC 2020
काठमाडौं- सडक विभागले मातहतका कार्यालयहरूलाई निर्माणको काम अघि बढाउन पत्राचार गरेको छ। कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण देश लकडाउनमा रहेको अवस्थामा पनि विकास निर्माणको कामलाई गति दिने भन्दै विभागले उक्त पत्राचार गरेको हो।
सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् नोभेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट निर्णय गराएर मातहतका कार्यालयहरूलाई काम थाल्न भनेको हो। शुक्रबार विभागले मातहतका महाशाखा, निर्देशनालय, शाखासहित सबै डिभिजन कार्यालयलाई पत्र पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)