पैसा तिर्न नसक्दा अस्पतालमै अलपत्र
ekantipur.com · Tue Jul 11 00:47:11 GMT 2023
झापा — अर्जुनधारा–१ साधुटारकी ६४ वर्षीया टीकादेवी लिम्बूको डेढ महिनादेखि अस्पतालमै बास छ । जेठ १२ मा छिमेकी ६९ वर्षीय बिर्खबहादुर योङहाङ लिम्बूले खुकुरी प्रहार गर्दा घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको आठौं दिनमा अस्पतालले ‘डिस्चार्ज’ दिए पनि उपचार र औषधि खर्च चुक्ता नगरी उनलाई घर जान दिएको छैन ।
चौपायाले मकै खाएको सामान्य विवाद थियो, छिमेकी बिर्खबहादुरले उनीमाथि खुकुरी प्रहार गरेका थिए । ‘राति सुत्ने सुरसारमा थिएँ,’ टीकादेवीले घटना सुनाइन्, ‘मेरो पाडोले तेरो के खायो रे ? भन्दै खुकुरीले हाने ।’ खुकुरीको प्रहार रोक्ने क्रममा उनको देब्रे हातको नाडीमा गम्भीर चोट लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)