विम्बल्डन फाइनलमा जोकोभिचको प्रतिद्वन्द्वी बेरेटिनी
ekantipur.com · Sat Jul 10 01:25:09 GMT 2021
लन्डन — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच शुक्रबार विम्बल्डनको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमिफाइनलमा क्यानाडाका २२ वर्षीय डेनिस सापाभालोभलाई ७–६, ७–५ र ७–५ ले हराए ।
सापाभालोभले पूरा खेल अवधिमा कडा चुनौती पेस गरे पनि सर्बियाली जोकोभिच निर्णायक मोडमा विजयी रहे र खेल सिधा सेटमा उनको पक्षमा रह्यो । आइतबार हुने फाइनलमा उनले इटालीका म्याटिओ बेरेटिनीको सामना गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)