कोरोना भयावह अमेरिकामा उच्च, १ लाख ९ हजार बढीको गयो ज्यान
lokpath.com · Thu Jun 04 17:51:43 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको महामारीको असर सबैभन्दा बढी देखिएको छ । अमेरिकामा हालसम्म कोरोनाको कारण १ लाख ९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १९ लाख १० हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ३ सय बढीको ज्यान गएको र ८ हजार ६ सय ९ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ६ लाख ९० हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)