कोराना भाइरस पत्ता लगाएलगत्तै मृत्यु भएका चिनियाँ डाक्टर लीकी प्रेमिकाले जन्माइन् छोरी, विश्वभर आइरहेछन् यस्ता प्रतिक्रिया
ratopati.com
एजेन्सी । कोरोना भाइरसको पहिलोपटक पहिचान गर्ने चिनियाँ डाक्टर ली वेनलियाङकी (इन्गेजमेन्ट) प्रेमिकाले छोरीलाई जन्म दिएकी छिन् । डाक्टर लि की प्रेमिका डा.पेङ यिन्हुआ वुहान शहरकै एक सरकारी अस्पतालमा कार्यरत रहेकी छिन् । चीनको हुवे प्रान्तस्थित उहान शहर, जहाँ कोभिड १९ को पहिलो संक्रमण पुष्टि भएको थियो । २९ वर्षीय डा.ली वेनलियाङको फ्रेबु्रअरी १ मा पेङसँग विवाह गर्ने तयारी भैरहेको थियो ।
शहरमा कोरोना संक्रमण फैलिएपछि उनले विवाह स्थगित गर्नुपरेको थियो । फेब्रुअरी २० मा डा. लीको मृत्यु हुँदा पेङ ६ महिनाकी गर्भवती थिइन् । डाक्टर लिको मृत्यु भएपछि स्थानीय मिडियाहरुले उक्त जोडीको तस्बिरहरु प्रसारण गरेका थिए । चिनियाँ परम्परागत ढंगले खिचिएका ती तस्बिर सामाजिक सञ्जालहरुमा पनि धेरै शेयर भएका थिए । अब यो तस्बिर फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)