विदेशी लगानीमा अलमल
abhiyandaily.com
नेपालमा वैदेशिक लगानी भित्रिन नसकेपछि लगानी भित्र्याउन सरकारले अनेक प्रयास गर्दै आएको छ । यसका लागि बेलाबेला विभिन्न नीति र योजना पनि बनाउने गर्छ । यसै क्रममा वैदेशिक लगानीका लागि स्वीकृति लिने तर लगानी नल्याउने प्रवृत्ति रोक्न उद्योग विभागले यस्ता लगानीकर्तालाई उपलब्ध गराउने भिसा सुविधाको नीति परिमार्जन गरेको छ । लगानीका लागि आउने भनेर भिसा लिने तर यसको प्रक्रिया पनि शुरू नगर्ने प्रवृत्ति रोक्न भन्दै उसले प्रक्रिया शुरू नगर्नेलाई भिसा म्याद नथप्ने नीति लिएको हो । तर, कति लगानीकर्ता यसरी भिसा लिएर नेपालमा बसेका छन् भन्ने तथ्यांक विभागले सार्वजनिक गरेको छैन । यो नयाँ नीतिले लगानी बढाउन त सक्दैन, बरु यसले लगानीकर्तालाई भड्काउन भने सक्छ । अतः यस्तो नीति बनाउनुअघि सम्भावित परिणामबारे अध्ययन गर्नु जरुरी देखिन्छ ।
पर्यटक तान्न निःशुल्क भिसा दिने गरिएको छ भने व्यावसायिक भिसामा किन आपत्ति मान्नु परेको हो स्पष्ट छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)