गोपी र पुष्पालाई नेपालगन्ज म्याराथनको उपाधि
baahrakhari.com · Sat Nov 21 17:58:00 UTC 2020
नेपालगन्ज । सशस्त्र प्रहरी बल (एपीएफ) का गोपीचन्द्र पार्कीले छैटौं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । महिला हाफ म्याराथनमा एपिएफकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छिन् ।
दुवै गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । गोपीले ५ हजार मिटरमा स्वर्ण र पुष्पाले म्याराथनले रजत पदक जितेका थिए । उपाधिसँगै पार्कीले अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । २५ खेलाडीको सहभागिता रहेको म्याराथनमा पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपाली खेलाडीले स्वदेशमा दौड पूरा गरेको यो उत्कृष्ट समय हो । यसअघि भूमिराज राई २ घण्टा २० मिनेट ४० सेकेन्डको उत्कृष्ट समय थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)