‘थप अधिकारका लागि एकीकृत सङ्घर्ष गर्नुको विकल्प छैन”
baahrakhari.com · Tue Jul 21 17:50:00 UTC 2020
काठमाडौं । दलित अधिकारकर्मीले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) द्वारा यहाँ आज आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँगको छलफलमा उनीहरुले पछिल्लो समयमा दलित आन्दोलन विभाजित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै एकीकृत रुपमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
दलित अधिकारकर्मी हिरा विश्वकर्माले कोभिड–१९ को समयमा दलित समुदायले विभिन्न विभेद भोग्नु परेको तथ्य प्रस्तुत गर्दै कोभिड–१९ लाई लक्षित गरेर सरकारले दलित समुदायका लागि छुट्टै नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)