मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

abhiyandaily.com

काठमाडौं । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि काज बिदा अविलम्ब कार्यान्वयनमा ल्याउन हानले माग गरेको हो ।

हानले काज बिदाको कार्यविधि पनि तुरुन्त पारित गर्न माग गरेको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा हानकी अध्यक्ष सिर्जना राणाले पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले यसमा विभागले विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)