काठ तस्करीमा बन उपभोक्ता समितिकै पदाधिकारीहरु
hamrakura.com · Tue Jun 30 17:43:00 UTC 2020
स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारस्थित एक सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारी सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरुको संलग्नता भेटिएको हो ।
सामुदायिक वनबाट काठ तस्करी गर्दै अबैध रुपमा तनहुँ र कास्कीतर्फ लाने क्रममा टक्सार कोपानीबाट लेखनाथ च्वाई समेत २ जनालाई पक्राउ गरेपछि समितिको संलग्नता खुलेको हो । डिभिजन वन कार्यालयले पक्राउ परेकासँग अनुसन्धान गरेपछि काठ तस्करीमा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)