इंग्लिस प्रिमियर लिगमा रेलिगेट हुने पहिलो टिम बन्यो नरविच सिटी
news24nepal.tv · Sat Jul 11 22:49:39 UTC 2020
लण्डन, २७ असार । इंग्लिस प्रिमियर लिगमा नरविच सिटी रेलिगेसन हुने पहिलो टिम बनेको छ । शनिबारको खेलमा वेष्ट ह्यामसँग ४–० गोलले पराजित भएपछि नरविच सिटी दोस्रो डिभिजनमा झरेको हो ।
घरेलु मैदानमा भएको खेलमा नरविच सिटी पहिलो हाफमै दुई शून्यले पछाडि परेको थियो । खेलको ११ औं मिनेटमा एन्टोनियोको गोलमा वेष्टह्यामले अग्रता बनायो । पहिलो हाफको इन्जुरी समयमा पुनः एन्टोनियोले नै गोल गर्दै टिमलाई दुई शून्यले अग्रता बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)