न्यायलयको आदेश एकातिर, प्रधानमन्त्रीको निर्देशन अर्कातिरः जनता भने सडकमै अलपत्र
pahilopost.com · Fri Apr 17 17:27:34 UTC 2020
काठमाडौँ : कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि लकडाउन भएको २५ दिन पुगेको छ। लकडाउन लम्बिँदै जाँदा काठमाडौँ छाडेर घर जानेहरु पनि उत्तिकै छन्। पैदलै हिँडेर मानिसहरु गाउँ फर्किरहेका छन्। उपत्यकामा अलपत्र परेकाहरु अझै काठमाडौँबाहिर जाने क्रम यथावत छ। धेरै मानिस सडकमा अलपत्र छन्।
संक्रमण बढेपछि सरकारले लकडाउन कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत रोक लगाएको छ। तर पैदलै हिँडेर घर जाने मानिसहरुको संख्यामा कमी आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)